छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

Durghatana

विराटनगर । प्रदेश-१ को धनकुटा र झापा जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।

शनिबार राति साढे ११ बजे भेडेटार-राजारानी सडकखण्डमा गुडिरहेको ट्याक्टर आफै अनियन्त्रित भएर सडकबाट लगभग एक हजार दुई सय मिटर तल खस्दा दुर्घटना  भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते तामाङको उपचारका क्रममा आइतबार बिहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।

त्यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका-५ पाडाजुँगीमा भएको मोटरसाइकल दुर्घटनामा परेर शिवसताक्षी नगरपालिका-८ डुडाँमारीका ४९ वर्षीय महेन्द्र भट्टराईको मृत्यु भएको छ ।

प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे ९ प २९८८ नम्बरको मोटरसाइकल सडकमा रोकेर राखिएको बा १३ च ७५२७ नम्बरको कारमा ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकल चालक ४६ वर्षीय कुमार गिरी र मोटरसाइकलको पछाडि सवार २९ वर्षीय महेन्द्र भट्टराई गम्भीर घाइते भएका थिए ।

घाइते दुबैजनालाई उपचारका लागि दमकको लाइफलाइन अस्पतालमा पठाइएकोमा भट्टराईको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गिरीको सोही अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल र कारलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...