'भाषाशास्त्री पोखरेलको निधनले मुलुकलाई अपूरणीय क्षति’ : प्रदेश प्रमुख तुम्बाहाङ

Balkrishna

विराटनगर । प्रदेश नं १ का प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले वरिष्ठ भाषाशास्त्री बालकृष्ण पोखरेलको निधनले मुलुकलाई अपूरणीय क्षति पुगेको बताएकाm छन् ।

पोखरेलको १३औँ पुण्यतिथिका अवसरमा आज यहाँ आयोजित श्रद्धाञ्जलिसभामा उनले स्व. पोखरेल वहुमुखी प्रतिभाका धनी हुनुका साथै धेरै भाषाका विज्ञ थिए भने ।

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले स्व पोखरेलले देखाएको बाटोमा हिँड्न सके मात्रै उनीप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगरको ट्राफिक चोकदेखि निलसदनसम्मको सडकको नाम ‘बालकृष्ण मार्ग’ राखिने बताए । उनको नाममा स्मृतिग्रन्थसमेत प्रकाशित गरिने पराजुलिले जानकारी दिए ।

नेकपाका केन्द्रीय सदस्य महेश रेग्मीले भाषाशास्त्री पोखरेलले नेपाली भाषा साहित्यमा महत्वपूर्ण योगदान पुर्याएको बताए ।

सभामा प्राडा टङ्क न्यौपाने, प्राडा बद्रीविशाल पोखरेल, दधिराज सुवेदी, प्राज्ञ विवश पोखरेल, इन्दिरा रिजाल, नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष बन्धु पोखरेल, मीनकुमार नवोदितलगायतले भाषाशास्त्री पोखरेलको नाममा प्रतिष्ठान गठन गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...