१ सय ५ किलोग्राम अवैध चरेससहित तीन जना पक्राउ

3 jana pakrau

धादिङ । धादिङको गजुरीबाट १०५ किलोग्राम चरेससहित प्रहरीले आज बिहान तीन जनालाई पक्राउ गरेको छ ।

काठमाडौँबाट वीरगञ्जतर्फ जान लागेको ना ५ ख २८१२ नंको बसमा लुकाइछिपाई लान लागिएको अवस्थामा सो चरेस बरामद गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिए ।

पक्राउ पर्नेमा बसचालक वीरगञ्ज उपहानगरपालिका–८ का ४५ वर्षीय लालबहादुर साह, बारा जिल्ला कर्मैयामाई गाउँपालिका–७ का ३५ वर्षीय अनिल चौधरी र विन्दबासिनी गाउँपालिका–३ का श्रीराम साह कानु रहेका छन् ।

उनीहरुलाई इलाका प्रहरी कार्यालयको टोलीले गजुरीस्थित पृथ्वीराजमार्गमा जाँचको क्रममा पक्राउ गरेको थियो ।

यात्रु नभएको बसमा धादिङको पोखरेखोलाबाट सो अवैध प्रतिबन्धित लागुऔषध गाडीमा हालेर ल्याइएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...