जन्ती बोकेको बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १५ घाइते

Durghatana

चितवन । चितवनको माडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १५ जना घाईते भएका छन् । टाँडीबाट चिरौली जन्ती लिएर आउँदै गरेको बस कसरा नजिक दुर्घटना हुँदा माडी नगरपालिका २ चिरौली बस्ने ३० बर्षका मिथुन महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार जन्ती लिएर आउँदै गरेको बस आफैं अनियन्त्रित भएर पल्टिएको थियो । चालकले अत्याधिक मादकपदार्थ सेवन गरेकाले बस पल्टिएको बताइएको छ । बसका चालक फरार रहेकाले खोजि भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...