गोठमा आगलागी हुँदा ९ चौपाय जलेर मरे

Aaglagi 45

विराटनगर । लामखुट्टे भगाउन बालिएको घुपबाट आगो सल्किएर आगलागी हुँदा नौ पशुचौपाय मरेका छन् ।

विराटनगरमा महानगरपालिका–१२ का लखन मण्डल र शिवशंकर मण्डलको गाई वस्तु बाँध्ने गोठमा शनिबार बिहान आगलागी हुँदा नौ चापाय जलेर मरेका छन् ।

लखनको टिनको छानो भएको गोठमा लामखुट्टे भगाउन बालिएको घुरबाट बिहान ४ बजे आगो सल्किएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए ।

आगोमा जलेर गोठमा बाँधेका दुईवटा गाई र सातवटा बाख्रा मरेका छन् । केसीका अनुसार आगोले गोठमा पूर्ण रुपमा क्षति पुर्याएको छ ।

आगोले लखनका छिमेकी शिवशंकरको गोठमा पनि क्षति पुगेको छ ।

शिवशंकरको गोठ र त्यहाँ राखिएको २ प ४६६२ नम्बरको मोटरसाइकलमा क्षति पुग्दा ५० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगो स्थानीय बासिन्दा, दमकल र प्रहरीको सहयोगमा एक घण्टापछि नियन्त्रणमा लिन सकिएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...