ठगी मुद्दाका फरार अभियुक्त पक्राउ

Pakrau 11

गुलरिया । कैलाली जिल्ला अदालतको फैसला आदेशले ठगी मुद्दामा कैद सजाय तोकेको बर्दिया गेरुवा गाउँपालिका-४ राजीपुरका २८ वर्षीय दर्शन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

अदालतको ०७० भाद्र ३१ गतेको फैसला आदेशले चौधरीलाई ८ महिना १९ दिनको कैद र ७५ हजार ५ सय रुपैयाँ जरिवाना सुनाएको थियो ।

ठगी मुद्दामा संलग्न चौधरी घटना भएको दिनदेखि नै फरार थिए ।

बर्दिया प्रहरीको विशेष टोलीले राजीपुरबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले बताए ।

पक्राउ परेका चौधरीलाई अदालतमा बुझाउने तयारी भैरहेकाले जिप्रका बर्दियाको हिरासतमा राखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...