पहिलो पटक फ्रिक्वेन्सी बोल कबोलमा, बोलकबोलमा नेपाल टेलिकम र एनसेल

546164674frquncy

दूर सञ्चार मा नेपालमै पहिलो पटक शुरु गरिएको  फ्रिक्वेन्सी बोलकबोलमा नेपाल टेलिकम र एनसेलले आवेदन दिएका छन् । नेपाल दूर सञ्चार प्राधिकरणले नेपालमै पहिलो पटक  आवेदन खुला गर्दै दुईवटा कम्पनीले मात्र आवेदन दिएको जनाएको हो ।


प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार नेपाल टेलिकमले १८ सय ब्यान्डका लागि मात्र आवेदन दिएको छ । एनसेलले भने बोलकबोलका लागि खुला गरिएका तीनवटै ब्यान्ड नौ सय, १८ सय र २१ सयमा आवेदन दिएको छ । 

प्राधिकरणले पहिलो पटक पुस ४ गते फ्रिक्वेन्सी बोलकबोलका लागि सर्त तोकी दूर सञ्चार कम्पनीहरूबाट आवेदन माग गरेको थियो । त्यतिबेला प्राधिकरणले आधारभूत दूर सञ्चार सेवाको अनुमतिपत्र प्राप्त गरेको, प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता चुक्ता गरेकोकोलगायतका सर्त तोकेको थियो ।

टेलिकम र एनसेलबाहेक स्मार्ट टेलिकम र युटिएलले आधारभूत दूर सञ्चारको लाइसेन्स पाएका छन् तर स्मार्ट र युटिएलले प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता रहेकोले बोलकबोलमा सहभागी हुन पाएनन् । प्राधिकरणले तत्कालका लागि १८ सय ब्यान्डमा मात्र बोलकबोलमार्फत फ्रिक्वेन्सी उपलब्ध गराउने प्रक्रिया अघि बढाउने छ । 


दुईवटा कम्पनी सहभागी भएकोले १८ सयमा बोलकबोलको प्रक्रिया अघि बढ्नेछ ।  नौसय र २१ सय ब्यान्डका लागि भने फेरि अर्को सूचना प्रकाशित गरेर आवेदन माग गर्ने । यसअघि अदालती प्रक्रियाका कारण बोलकबोलको प्रक्रिया तीन पटक स्थगित भएको  । 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...