इँटाभट्टाका कारण विमानस्थल असुरक्षित, उडान र अवतरणमा प्रत्यक्ष प्रभाव

1505509126ktljk5lnjuznfhur4b9p

काठमाडौं । आसपासका इँटा भट्टाका कारण सप्तरीको राजविराज विमानस्थल असुरक्षित बनेको छ । सिलान्यास भएको झन्डै ६ दशकपछि गतअसार १ गतेबाट सञ्चालनमा आएको राजविराज विमानस्थललाई सुरक्षित वनाउने विषयमा हालसम्म पनि पहल हुन सकेको छैन ।

विमानस्थलको पूर्वतर्फ रहेका इँटाभट्टा विमान सञ्चालनमा चुनौति बनेको राजविराज नागरिक उड्डयन कार्यालयका प्रमुख भीमदत्त पन्तले बताए ।

विमानस्थलको ७ सय मिटरको दुरीमा रहेका ४ वटा चिम्नीका कारण विमान सेवा सञ्चालनमा गम्भीर समस्या देखिएको पन्तको भनाइ छ ।

हिमाल, किशान, माँ दुर्गा र माँ काली ईट्टा भट्टाको ९० फिटसम्मका चिम्निकै कारण विमान उडान र अवतरणमा प्रत्यक्ष प्रभाव परिरहेको र जोखिम मोलेर सेवा सञ्चालन भइरहेको पन्तले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय, इटहरी विष्णुपुर गाउँपालिका, नेपाल नागरिक उड्ययन प्राधिकरण र संघीय सरकार समेतलाई पटक–पटक जानकारी गराइए पनि चिम्नि हटाउने वा घटाउने विषयमा कसैले पनि वास्ता नगरेको विमानस्थलको गुनासो छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...