प्रहरी पोष्ट नजिकै दुर्घटना, एकजनाको मृत्यु

Mirtu 884545

काठमाडौं। दाङमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही–१ नर्ती नजिक मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो ।

लमहीबाट डोढहीका लागि छुटेको रा ५ प १७९३ नम्बरको मोटरसाइकल पावरट्रिलमा ठोक्किँदा मोटरसाइकल चालक लमही–२ निवासी २० वर्षका सुशील चौधरीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

लमही अस्पतालमा उपचारको क्रममा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा पावरट्रिलर चालक बुद्धिराम चौधरी र मोटरसाइकलको पछाडि सवार राप्ती गाउँपालिका–६ निवासी अमिस चौधरी घाइते भएका छन् ।

दुईजनाको लमहीमा प्राथमिक उपचारपछि थप उपचारको लागि बुटवल लगिएको छ । दुर्घटना स्थल अस्थायी प्रहरी पोष्ट सामुन्ने भए पनि प्रहरीले घटना भएको अबेर मात्रै थाहा पाएको थियो ।

राजमार्गमा गाडी जाम भएपछि सिसहनिया प्रहरीले घटनाको बारेमा थाहा पाएको थियो ।

घटनास्थल नजिकै रहेको प्रहरी पोष्टले दुर्घटना बारे थाहा नपाउँदा दुर्घटनामा परेकाहरुको समयमै उद्धार गर्न नसकिएको स्थानीयले बताएका छन् । दुर्घटना शुक्रबार राति १ बजेर ४५ मिनेटमा भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...