कसले गरायो त वैदेशिक रोजगार व्यवसायी गुरुङको घरमा विष्फोट ? विप्लव समूहमाथि शंका !

Mother bom

काठमाडौं । वसुन्धरास्थित वैदेशिक रोजगार व्यवसायी रोहन गुरुङको घरमा भएको विष्फोट विप्लव समूहले गरेको प्रहरीले आशंका गरेको छ ।

शुक्रबार साँझ व्यवसायी गुरुङको घरमा राखिएको कारमा बम विष्फोट भएको थियो । गुरुङले आफ्नो गाडीमा पहिले नै बम राखेको अनुमान गरेका छन् ।

विष्फोटका कारण गाडी पूर्णरुपमा ध्वस्त भएको छ भने घरमा आगलागी भएर क्षति भएको छ । विष्फोटका कारण एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

गुरुङको घरमा विष्फोट भएपछि त्यस क्षेत्रमा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । गुरुङ वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हुन् ।

शुक्रबार साँझ काठमाण्डौको बसुन्धारामा रहेको गुरुङको घरमा नचिनेका मानिसको समूहले बम विस्फोट गराएको हो । विस्फोटमा परि ५ जना घाइते भएका छन् । घटनामा काठमाण्डौ महानगरपालिका–३, का शैलेन्द्र खड्का, मिलन बस्नेत, ममता गौतम र दिवाकर गुरुङ घाइते भएका छन् ।

विस्फोटबाट बा १० च ६७८९ नम्बरको गाडी जलेर नष्ट भएको छ भने घरका सिसा, ढोका र सटरमा क्षति पुगेको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको पनि प्रहरीले जनाएको छ ।  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...