व्यापारी सुरेश केडियालाई अपहरण गर्ने दुई जना पक्राउ

Pakrau

काठमाडौं। वीरगञ्जका व्यापारी सुरेश केडियालाई अपहरण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। बब्लु पासवान र विजय कुसवाह पक्राउ परेका हुन्।

उनीहरुलाई पर्साको छिपहरमाई गाउँपालिकाबाट पक्राउ गरिएको हो। व्यापारी केडियालाई २०७३ जेठ १२ गते उनीहरुले अपहरण गरेका थिए। आफ्नो उद्योगबाट घर फर्कने क्रममा महागढीमाई नगरपालिका बरियारपुरको जंगलमा ड्राइभरलाई गोली प्रहार गरी घाइते बनाएर अज्ञात समूहले केडियालाई अपहरण गरेको थियो। 

बाराबाट अपहरणमा परेका केडिया त्यसको ४ दिनपछि भारतको मोतिहारीबाट अपहरणमुक्त भएका थिए। नेपाली प्रहरी र भारतीय प्रहरीको संयुक्त टोलीले केडियालाई त्यसबेला अपहरणमुक्त गरेको थियो।

अपहरणका नाइके दिल्लीका ग्याङ्गस्टर विकास सिंहलाई त्यसबेलै पक्राउ गरेको थियो। केडिया अपहरणमा मुछिएपछि सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक हेमराज न्यौपानेलाई त्यसबेला निलम्वन समेत गरिएको थियो। उनी एक महिना निलम्बनमा परेका थिए।

केडिया १० करोड भारतीय रुपैयाँ बुझाएर मुक्त भएका त्यसबेला भारतीय सञ्चार माध्यमले जनाएका थिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...