हलमा चलिरहेको चलचित्र ‘क्याप्टेन’ पाइरेसी भएकै हो ? कि हल्ला मात्रै ?

Anmol wilson

काठमाडौं । प्रदर्शन नेपाली कथानक चलचित्र ‘क्याप्टेन’ पाइरेसी भएको छ । चलचित्र पाइरेसी भएपछि निर्माण युनिक प्रहरीमा उजुुरी गर्ने तयारीमा पुगेको छ । शुक्रबार हनुमानढोकामा उजुरी दिने निर्माण पक्षले जनाएको छ । 

प्रेम किङ चन नामक युट्युब च्यानलबाट चलचित्र अपलोड गरिएको थियो । हलमा मोबाइलले खिचेको चलचित्रको भिडियो अपलोड गरिएको थियो । अहिले भने उक्त च्यानलबाट चलचित्र हटिसकेको छ । भिडियो ब्ल्क गर्न लगाएको निर्देशक भट्टराई बताउँछन् । 

‘विना अनुमति कपि गरे कस्तो कारबाही हुन्छ भन्ने चेतना नभएको व्यक्तिले भिडियो बनाएर अपलोड गरे जस्तो देखिन्छ,’ उनले भने, ‘कपि राइटको कारबाही बारे थाहा भएको भए सायद यसरी पाइरेसी हुँदैन थियो होला ।’

चलचित्र ‘क्याप्टेन’ भुवन केसीद्वारा निर्मित चलचित्र हो । अनमोल केसी मुख्य भूमिकामा रहेको चलचित्र आजबाट दोस्रो हप्तामा प्रदर्शन भइरहेको छ । चलचित्र ‘पशुपतिप्रसाद’, ‘छक्का पञ्जा’, ‘छड्के’ लगायतका चलचित्र पनि हलमा चलिरहेका बेला पाइरेसी भएको थियो । ‘छक्का पञ्जा’ पाइरेसी गर्ने व्यक्तिले कारबाही हुने थाहा पाएपछि आत्महत्या गरेका थिए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...