'विभेदको अन्त्य गर्न संस्कार बदल्नुपर्छ’ : मुख्यमन्त्री पोखरेल

Sankar pokhreeel

रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले विभेदको अन्त्यका लागि महिलाले पुरानो संस्कार र सोच बदल्नुपर्ने बताएका छन् ।

अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर अखिल नेपाल महिला सङ्घ र अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीले आज बुटवलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले धर्मका नाममा पुराना कथा र कहानीको विश्वासले गर्दा विभेद यथावत् रहेको बताए ।

उनले भने, 'पितृसत्ताले सिर्जना गरेका कुरामा सबैभन्दा बढी महिलाले विश्वास गर्छन्, जसको जगमा पितृसत्ता छ ।'

कार्यक्रममा नेकपाका नेता तथा प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले श्रमिकलाई अधिकारविहीन बनाएर मुलुक समृद्ध बन्न नसक्ने धारणा राखे ।

उनले सबै किसिमका विभेद अन्त्य भएको समाजनै आजको आवश्यकता भएको बताए ।

नेकपाका जिल्ला अध्यक्ष गोपाल भट्टराईले श्रमिकको समान अधिकार स्थापित गर्नु सरकारको दायित्व भएको बताए ।

अगुवा महिला नेत्री मैया भट्टराई, सावित्रा अर्याल, जानकी न्यौपाने, लक्ष्मी कोइरालालगायतले महिलाको योगदानकै कारण देशमा राजनीतिक परिवर्तन सम्भव भएकाले महिला समानता र अधिकारको रक्षाका लागि सरकार गम्भीर बन्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...