राउतले विखण्डनको बाटो त्यागेकोमा राप्रपाको स्वागत

Dr.ck raut

काठमाडौं । डा. सिके राउतले विखण्डनको बाटो त्यागी मुलधारको राजनीतिमा आएकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीले स्वागत गरेको छ ।

शुक्रबार दिउँसो राष्ट्रिय सभा गृहमा एक कार्यक्रमको आयोजना गरी राउतले सरकारसँग ११ बुदे सहमति गर्दै मुलधारको राजनीतिमा प्रवेश गरेको घोषणा गरेका थिए । त्यसको चौतर्फी स्वागत गरिएको छ ।

‘बिखण्डनकारी मानसिकता र प्रवृत्ति जन्माउने आधारको अन्त नभएसम्म एक समुहको निर्णयको अर्थ रहँदैन भन्ने हाम्रो मान्यता छ’ राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘विगत केही समयदेखि राष्ट्र विखण्डनको पक्षमा आवाज उठाउँदै र गतिविधि गर्दै आएका सिके रावतद्वारा विखण्डनको एजेण्डा परित्यागको घोषणा गरिनु सकारात्मक छ ।’

राष्ट्रिय अखण्डताको पक्षमा निरन्तर सशक्त आवाज उठाउँदै आएको यस घटनालाई सतर्कतासाथ स्वागत गरेको सो विज्ञपतीमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...