सन्की युवाको धारिलो हतियारबाट ७ जना भन्दा धेरै घाइते, ३ को अवस्था गम्भीर

Khukuri prahar

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-९ पामचोकमा एक सन्की युवाले खुर्पा प्रहार गर्दा दर्जनौँ घाइते भएका छन् ।

मर्स्याङ्दीकै सेग्लेका रामबहादुर विश्वकर्माले गाउँमा भेटेजतिलाई खुर्पा र धारिलो हतियार प्रहार गर्दै हिँडेका हुन् ।

विकले खुर्पा हान्दा गाउँका ७ जना भन्दा धेरै घाइते भएको स्थानीय नन्दबहादुर भण्डारीले जानकारी दिए । घाइतेहरुलाई उपचारका लागि एम्बुलेन्समा बेसीसहर ल्याइएको छ ।

विकले खुर्पा हान्दा स्थानीय गोपाल भण्डारी, उनकी पत्नी लक्ष्मी, बुद्धिबहादुर थापा, शिला खड्का, रेखु भण्डारी लगायत घाइते भएको स्थानीयले जानकारी दिएका छन् ।

घटनामा गम्भीर घाइते भएकाहरु गोपाल भण्डारी, उनकी पत्नी लक्ष्मी भण्डारी र बुद्विबहादुर थापालाई उपचारका लागि काठमाडौँ रिफर गरिएको छ ।

अन्यको लमजुङ सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

खुर्पा हान्ने युवालाई स्थानीयबासी, प्रहरी र गाउँपालिकाका पदाधिकारी मिलेर वडा नं. ३ को खुदी तरापुबाट नियन्त्रणमा लिइएको खुदी प्रहरी चौकीका सई अर्जुन केसीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...