भोजपुरका दुई घरमा खानतलासी, अवैध छालासहित भरुवा बन्दुक बरामद

Abbaidhaa

काठमाडौं । भोजपुरको टेम्केमैयुम गाउँपालिका २ छिनामखुको रुमलाका निरकुमार भुजेलको घर खान तलाशी गर्दा बन्यजन्तुको छालासहित भरुवा बन्दुक बरामद गरिएको छ ।

निरकुमार भुजेलको घरबाट दुर्लभ रेडपाण्डाको छालासहित अवैध रुपमा लुकाएर राखिएका भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।

भोजपुरको मैयुमडाँडा आसपासमा रेडपाण्डा देखिदै आएका छन् । रेडपाण्डाको संरक्षण अभावले चोरी शिकारी हुने गरेको छ ।

विशेष सूचनाका आधारमा केशबकुमार थेबेको नेतृत्वमा खटिएको प्रहरी टोलीले भुजेलको घर खानतलासी लिएको थियो ।

उनको घरबाट चोरी शिकारी गरी विभिन्न बन्यजन्तुको छाला, अंग र हतियारसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

उनको दुई वटा घर खानतलासी गर्दा रेडपाण्डाको छाला, भालुको छाला, निगाले बाघको छाला बरामद गरिएको छ ।

शिकार गर्न प्रयोग हुने भरुवा बन्दुक २ नाल र भरुवा बन्दुकमा प्रयोग हुने ब्यारेल २ थान बरामद भएको प्रहरीको भनाई छ ।

उनलाई प्रक्राउ गरी जिल्ला प्रहरी कार्यालय भोजपुरमा ल्याइएको छ ।

घरधनी निर कुमार भुजेल केही समय अगाडि मात्र वैदेशिक रोजगारको सिलसिलामा विदेश गएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...