विप्लवको अपहरणमा परेकी नेकपाकी सांसद मल्ल सम्पर्कमा

Devaki malla

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको अपरहणमा परेकी बझाङकी प्रदेश सभा सांसद देवकी मल्ल सम्पर्कमा आएकी छन् । विप्लव नेतृत्वको नेकपाले मल्ललाई राजनीतिक विषयका लागि लगेका थिए ।

उनी हाल प्रहरी सम्पर्कमा आएको बझाङ डिएसपी प्रविण धितालले बताए । ‘सांसद अहिले हाम्रो सम्पर्कमा आउनु भएको छ’ उनले भने, ‘ ‘अपहरण भएको हो या होइन लगायतको विषयमा विस्तृत जानकारी आइसकेको छैन । थप बुझ्ने काम भइरहेको छ ।’

मल्ल प्रदेश सभा निर्वाचनमा बझाङ ‘ख’ बाट माओवादी उम्मेदवारको रुपमा विजयी भएकी थिइन् ।

उनी बसेको ठाउँमा सञ्चारको राम्रो सुविधा छैन । ‘कम्प्यूनिशेन ग्याप भएको पनि हुनसक्छ । अहिले पनि राम्रोसँग सम्पर्क भइसकेको छैन’, उनले थपे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...