नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी लाभ लिने सिडिइविरुद्ध मुद्दा 

Adalat

काठमाडौं । शहरी विकास मन्त्रालय अन्तर्गत खानेपानी तथा ढल निकास विभाग, पानीपोखरी काठमाडौंका सिडिई मोतिउर रहमानविरुद्ध नक्कली शैक्षिक प्रमाणमा मुद्दा दायर गरिएको छ ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमा कार्यरत इन्जिनियरहरुले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जेष्ठता र कार्यक्षमताको आधारमा बढुवा भएको उजुरी परेपछि छानबिन गर्दा रहमानको प्रमाण पत्र नक्कली भएको फेला परेको हो ।

रहमानले उत्तर प्रदेशको अल्लाहावाद विश्वविद्यालय भारतबाट प्राप्त बिई इन्जिनियरिङको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी खानेपानी तथा सरसफाई मन्त्रालयको सिडिई पदमा बढुवा समेत भई सरकारी लाभ सुविधा लिएको पुष्टि हुन आएको अख्तियारले जनाएको छ ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको उपसचिव एवं सहायक प्रवक्ता मदन कोइरालाले जानकराी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...