जवरजस्ती करणीको आरोपमा शिक्षक पक्राउ

Pakrau 11

रुकुम पश्चिम । जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)ले आफ्नै विद्यार्थीलाई जवरजस्ती करणी गरेको आरोपमा एक शिक्षकलाई पक्राउ गरेको छ ।

सानीभेरी गाउँपालिकास्थित राप्ती ज्ञानोदय माविमा कार्यरत शिक्षक २३ वर्षीय प्रकाश खड्कालाई बिहीबार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

उक्त विद्यालयमा पशु प्राविधिक विषय अध्ययन गर्दै गरेकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा खडकालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीले बताए ।

पशु प्राविधिक विषय पढाउँदै आएका खड्काले बालिकालाई बलात्कार गरेको भन्दै पीडितले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गत मंगलबार गाउँमा भैंसी बिरामी भएको र त्यसको उपचार गर्न भन्दै बालिकालाई मोटरसाइकलमा राखेर गएका शिक्षक खडकाले एकान्त जंगलमा जबरजस्ती करणी गरेको पीडितलाई उद्धृत गर्दै प्रहरी जनाएको छ ।

पक्राउ परेका शिक्षकलाई प्रहरी हिरासतमा राखेर घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक क्षेत्रीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...