त्रिवि डीन कार्यालयमा २४ दिनदेखि तालावन्दी, संस्थानका कामकाज थप्प

Din karayelaye

काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डीन कार्यालयमा २४ दिनदेखि ताला लागेको छ ।

तालावन्दीका कारण संस्थानअन्तर्गत सम्पादन हुने शैक्षिक, प्रशासनिक तथा योजना निर्माणसँग सम्बन्धित थुप्रै काम रोकिएका छन् । ताला खुलाउने विषयमा विश्वविद्यालय नेतृत्वले प्रभावकारी पहल गरेको छैन ।

विद्यार्थीको एक समूहले ताला लगाएको जानकारी आए पनि ती विद्यार्थीको पहिचानबारे आफूहरू अनविज्ञ रहेको संस्थानका डीन प्राध्यापक डा. रामप्रसाद खतिवडाले बताए ।

सानो विषयमा चित्त नबुझे पनि तालावन्दी र तोडफोडमा उत्रने विद्यार्थीका कारण पछिल्लो समय त्रिवि थिलथिलो भएको छ ।

केही समयअघि शिक्षा शास्त्र संकायको डीन कार्यालयमा पनि विद्यार्थीले सेमेस्टरको नतिजा प्रणालीमा असन्तुष्टि जनाउँदै तोडफोड गरी ताला लगाएका थिए ।

यसपटक संस्थानको डीन कार्यालयमा तालावन्दी गर्ने विद्यार्थीका समूहले सेमेष्टर प्रणालीमा अनुत्तीर्ण भएका, परीक्षामा सहभागी हुन नसकेका विद्यार्थीलाई मौका परीक्षाको व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।

संस्थानअन्तर्गत स्नातकोत्तर तहमा पढाइ भइरहेको तथ्यांकशास्त्र विषयमा हाल रहेको ५० जना विद्यार्थी कोटालाई बढाउनुपर्ने माग उनीहरूको छ ।

त्रिविले स्नातकोत्तर तहमा सबै विषयको प्रवेश परीक्षा गत माघ १९ गते नै सञ्चालन गरेर नतिजा प्रकाशान गरिसकेको छ । ती विद्यार्थीको पढाइ समेत सुरु भइसकेको छ ।

तालावन्दीका कारण डीन तथा अन्य कर्मचारी कार्यालयमा बस्न पाएका छैनन्  । कार्यालयमा बस्न नपाएपछि विद्यावारिधीको अनुसन्धान, समकक्षता प्रदान, परीक्षा सञ्चालन तथा आर्थिक कारोवारलगायतका काम हुन सकेको छैन ।

‘ताला लगाउने विद्यार्थी समूह पहिचान गरी उनीहरूका मागबारे छलफल गर्न विद्यार्थी कल्याण तथा खेलकुद शाखालाई अनुरोध गरेका छौं, तर सफल भएको छैन’, खतिवडाले भने, ‘एक दुई दिन बाटो हेर्छौ । ताला खोल्ने विषयमा छलफल भएन भने प्रशासन महाशाखा र प्रहरीसँग मिलेर आफैं फोड्छौं ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...