बिरामी बालकमाथि चिकित्सकको थप्पड ! किन ?

Balak thappad

बुटवल । बुटवलमा दाँत र गिजाको उपचार गर्न गएका बालकलाई चिकित्सकले थप्पड हानेपछि दन्त चिकित्सक पक्राउ परेका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका शंकरनगरका ६ वर्षीय अभिनव विक आमा कमलासँग दाँत र गिजाको अपचारका लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गएका थिए ।

अस्पतालको ओपिडी टिकट लिएर जाँच गराउने क्रममा दन्त चिकित्सक हेमन्त पाठकले देब्रे गालामा १० थप्पड हानेको उनको परिवारले जनाएको छ ।

चिकित्सको लगातारको थप्पडपछि बालक अभिनवको गाला रातै भएको र सुन्निएको थियो ।

बालकका बुवा राजु विकले अस्पतालकै चिकित्सकले बिरामी बालकमाथि गरेको व्यवहार अत्यन्त निकृष्ट भएको बताए ।

उनले उपचार गर्नुको सट्टा झनै घाइते बनाउने गरी कुटपिट गर्ने चिकित्सकलाई कारबाही गर्न माग गरे ।

उपचार गर्नुको सट्टा बालकलाई कुटपिट गरेको भन्दै अस्पतालमा आएका बिरामीका आफन्त तथा सर्वसाधारणले कुटपिट गर्ने चिकित्सकलाई कारबाही गर्नुपर्ने माग गर्दै केहीबेर अस्पताल घेराउ र नाराबाजी गरेका थिए ।

बिरामीका आफन्तको नाराबाजीपछि प्रहरीले उपचारमा संलग्न चिकित्सक पाठकलाई पक्राउ गरेको जनाएको छ ।

आक्रोशित भीडले अस्पताल प्रशासन घेरेपछि डा. पाठकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक डिल बहादुर मल्लले जानकारी दिए ।

चिकित्सक पाठकले बालकले सुई लगाउन नदिएपछि तर्साउने क्रममा गालामा थप्पड हानेको बताएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...