अवैध रुपमा बालुवा बेचेको आरोपमा वडाध्यक्षविरुद्ध उजुरी

Abbaith baluwa

विराटनगर । मोरङको कासीम मियाँविरुद्ध खोलाको माटो अवैध रुपमा उत्खनन गरी बेचेको भन्दै बुढीगंगा गाउँपालिका–४ का वडाध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

मियाँविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीमा उजुरी परेको छ ।

मियाँको प्रत्यक्ष संलग्नतामा बुढीगंगास्थित बुढीखोलाको बगरको माटो र बालुवा अवैध रुपमा उत्खन्न गरी बेच्चे गरेको भन्दै अख्तियारमा उजुरी परेको हो ।

यसअघि नै स्थानीयहरुले गाउँपालिकामा पुगेर मियाँलाई कारवाही गर्नुपर्ने माग गरेका थिए । तर गाउँपालिका प्रमुख बालचन्द्र माझीले यसबारे सुनुवाई नगरेको भन्दैपछि बुढीगंगा गाउँपालिकाका स्थानीय नुर महमदको नेतृत्वमा उजुरी हालिएको हो ।

अख्तियार सहित जिल्ला प्रशासन कार्यलय मोरङ, आन्तरिक मामिला तथा कानु मन्त्रालय प्रदेश १, उद्योग, प्रर्यटन तथा वातावरण मन्त्रलाय, भूमि व्यवस्था, कृर्षी तथा सहकारी मन्त्रालय लगायतमा उजुरी दिइएको हो ।

जनप्रतिनिधिकै संलग्नतामा खोला बगरको अवैध रुपमा स्काभेट लगाएर दैनिक १० वटा टिपरले माटो उत्खन्न गरी बेच्नेगरेको भन्दै समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित भएको थियो ।

समाचार प्रकाशित भएपछि स्थानीयहले प्रमख बालचन्द्र माझीलाई भेटेर उजुरी दिएका थिए । उजुरी दिएको लामो समयपछि प्रमुख माझी सहित टीम स्थलगत अनुगमन गरेर प्राविधिक सहितको टोलीले छानबिन गर्ने बताएका थिए ।

तर कारवाही गर्न चासो नदेखाइएपछि स्थानीहरुले सम्बन्धित निकायहरुमा उजुरी दिएका हुन् । खोलाको बगरमा रहेको ऐलानी जग्गामा उत्खनन् गरिएको क्षेत्रमा ठूल्ठूला खाल्डाखुल्डी छन् ।

वडाध्यक्ष कासिम मियाँको संलग्नतामा अवैध रूपमा खोला क्षेत्रमा भरोटको उत्खनन् हुने गरेको स्थानीयले आरोप लगाउँदैआएका छन् ।

अहिले सो क्षेत्रमा उत्खनन् गर्न रोक लगाएको भनिए पनि माटो ट्याक्टर मार्फत दैनिक बाहिर पठाउने गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...