विप्लवका तीन कार्यकर्तालाई अदालतमा उपस्थित गराउन आदेश

1019678758adalat

दाङ । उच्च अदालत तुलसीपुरले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेतालाई पक्राउ गर्नुको कारणसहित अदालतमा उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय दाङलाई आदेश दिएको छ ।

अदालतमा परेको बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाई गर्दै उच्च अदालतका मुख्य न्यायाधीस नहकुल सुवेदीको एकल इजलाशले पक्राउ गर्नुको कारणसहित विप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्य प्रदीप वली, इश्वरी पाण्डे र रुद्र वलीलाई चार दिनभित्र उपस्थित गराउन आदेश दिएको हो ।

आदेशमा निवेदकको माग बमोजिम पक्राउ गर्नुपर्ने, बन्दीलाई थुनामुक्त गर्नु नपर्ने लिखित जानकारीसहित बन्दीलाई फागुन २६ गते १० बजेभित्र उच्च अदालत तुलसीपुरमा उपस्थित गराउनुपर्ने उल्लेख छ । तीनै जनालाई फागुन २१ गते पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...