फिक्कलमा टाटा सुमो दुर्घटना हुँदा ६ जना घाइते

Jeep accident sindhuli

सिन्धुली । मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कलमा टाटा सुमो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

सोलुखुम्बुको नेलेबाट यात्रु लिएर काठमाडौंका लागि छुटेको ना १ ज ७०९४ नम्बरको सुमो जीप र सिन्धुलीको फिक्कल गाउँपालिका वडा न–५ मा काठमाडौंबाट ओखलढुङगातर्फ जाँदै गरेको बा ४ ख ४४३४ नम्बरको बससगँ एक आपसमा ठोक्किँदा सुमोमा सवार ६ जना यात्रु घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार घाइते हुनेमा सोलुखुम्बु थुलुङदुधकोशी गाउँपालिका वडा न–१ बस्ने वर्ष ८० की देउकुमारी खत्री, त्यही ठाउँकी ३८ बर्षीया कृष्णकुमारी खत्री, सोलुखुम्बुकै २२ वर्षीया धनकुमारी सार्की, ४५ वर्षीया जाङ्म्मु शेर्पा, उनको छोरा ३ वर्षीय साङ्गे शेर्पा र सुमोका चालक सिन्धुपाल्चोक लिसङखु गाउँपालिका–५ का २४ वर्षीय राजेन्द्र बानियाँ घाइते भएका छन् ।

घाइतेहरुको अवस्था समान्य रहेको र उनीहरुको उदयपुर घुर्मीमा रहेको आस्था लाइफ केयर सेन्टरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने बसका चालक फरार रहेको र बस प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...