किन होला विष्णु माझीको शुभकामना र समवेदना सँगसँगै ! (भिडियोसहित)

Subhakamana

काठमाडौं । बजारमा नयाँ नयाँ गीत आउने क्रम जारी छ । यसैक्रममा नयाँ गीत ‘शुभकामना समवेदना’ बजारमा आएको छ । एकपछि अर्को सफल गीत बजारमा ल्याउने क्रममा मालती डिजिटल प्रालिले ‘शुभकामना समवेदना’ बजारमा ल्याएको हो ।

बिहिवार मात्र बजारमा आएको गीतमा बिष्णु माझी र विर्ख विश्वकर्माको आवाज रहेको छ । चर्चित संगीतकार रामु खड्काले संगीत भरेको गीतमा सामना शाहको शब्द छ ।

कपिल लामाले निर्देशन गरेको म्युजिक भिडियोमा देव न्यौपाने, सारिका केसी, इरिका केसी, अनुपम भण्डारी र रमा थपलियाको अभिनय देख्न सकिन्छ ।

Video

प्रतिकृया दिनुहोस