सामाजिक अभियान्ता डा. परियार अमेरिकामा सम्मानित

Dr.bishnumaya pariyar

काठमाडौं । सामाजिक अभियान्ता डा. विष्णुमाया परियार ‘वुमन एक्सन अवार्डद्वारा सम्मानित भएकी छन् ।

अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहरबाट ‘वुमन हिस्ट्री मन्थ’ (मार्च) को अवसरमा सामाजिक अभियान्ता डा. परियार सो अवार्डबाट सम्मानित भएकी हुन् ।

डा. परियारले अल्पसंख्यक समुदायको लागि निरन्तर सक्रिय र सबल नेतृत्व प्रदान गर्दै उल्लेखनीय सामाजिक कार्य गरेको कदर स्वरूप सो पुरस्कारद्वारा सम्मानित गरिएको छ । डा. परियारको नेतृत्वमा सन् २०१५ र २०१८ मा अमेरिकामा रहेका नेपालीहरूको लागि जर्सी सिटी काउन्सिलबाच टिपिएस रिजोलुसन पास गराउन सफल भएको थियो ।

विश्वभरबाट दुई दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भईसकेकी डा. परियारको नाममा अमेरिकाको केन्टकी राज्यको लुईभिल शहरले सन् २०१५ को सेप्टेम्वर २७ लाई ‘डा. विष्णुमाया परियार डे’ घोषणा गरी सम्मान गरेको छ भने विश्वभरका १५५ भन्दा बढी देशहरुका न्यू योर्कमा स्थापित वाणिज्यदूतावासहरुको संगठन ‘सोसाईटी अफ फरेन कनुल्स ईन् न्यू योर्क’ ले विश्व नारी दिवस २०१८ को अवसरमा सत्र देशका नारीहरुसंगै सामाजिक अभियन्ता डा. परियारलाई सम्मानित गरिसकेको छ ।

सन् २०१७ को जुन ३० तारिख नेपाल र नेपालीको सम्मानको लागि जर्सी सिटी मेयर स्टेभन फुलपद्वारा अमेरिकि भूमि सिटी हलमा पहिलो पटक नेपाली झण्डा फहराउने ऐतिहासिक झण्डोत्तोलन सम्पन्न गराउन सफल भएकी थिइन् ।

जर्सी सिटी मेयर स्टेभन फुलपकी सल्लाहकार तथा दुई शहरबीचकी ईमिसरी (विशेष दूत) को रूपमा नियुक्त डा. परियारको पहल र नेतृत्वमा सन् २०१९ को जनवरी २४ तारिख अमेरिकाको जर्सी सिटी शहर र नेपालको ईन्द्रावती गाउँपालिकाबीच सिस्टर सिटी बनाउने सफलता मिलेको थियो । अन्य मुलुकको शहरसँग सिस्टर सिटी बन्ने ईन्द्रावती गाउँपालिका विश्वमै नयाँ नेपालको पहिलो गाउँपालिका हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...