ऐश्वर्या रायको फिटनेश रहने रहस्य के छ ?

234859 aishwarya 0 2 1

ऐश्वर्या राय बच्चन ब्युटी एण्ड ब्रेनको पर्फेक्ट कम्बिनेशन मानिन्छिन् । मिस वल्र्डको ताज जितेपछि बलिउडमा प्रवेश गरेकी ऐश्वर्या विश्वमै सुन्दरताको प्रतिक मानिन्छिन् । फिल्मका साथै उनी विभिन्न ब्राण्डकी एम्बेसडर छिन् । उनको पर्फेक्ट स्कीन टोन, निला आँखा सबैलाई लोभ्याउने चिज बनेका छन् । एक बच्चाको आमा बनिसकेपछि पनि उनको सुन्दरता कायमै छ। 

के खान्छिन् ?

उनलाई आकर्षक कपाल र छाला वंशाणुगत रुपमै प्राप्त भएको हो । यसका साथसाथै उनले आफ्नो सौन्दर्यलाई बिग्रन नदिन स्वस्थ जीवनशैली अपनाउने गर्छिन् । उनी फ्राई, जंक तथा प्याकेज गरिएका खानाबाट टाढै रहन्छिन् भने रक्सी तथा धूमपानसमेत गर्दिनन् । उनी भिटामिन, एन्टिअक्सिडेन्ट तथा खनिज पदार्थको पूर्तिका लागि फलफूल तथा तरकारी प्रशस्त खान्छिन् । घरमा बनाइएका खानेकुरा खान्छिन् भने छाला सुख्खा हुनबाट बचाउन र ताजा देखिन प्रशस्त पानी पिउने गर्छिन् ।

उनको डाइटमा अधिकांश उमालेका तरकारी हुन्छन् भने खैरो चामलको भातका साथ उच्च फाइबर भएका खाद्यपदार्थ उनका प्राथमिकता हुन् ।

छालाको हेरचाह कसरी गर्छिन् ?

ऐश्वर्या बेसन, दुध र बेसारको मिश्रण प्रयोग गर्छिन् भने मोस्चराइजको रुपमा दही र फेस मास्कका रुपमा काँक्रो प्रयोग गर्छिन् । छालामा कुनै समस्या नआओस् भनेर उपयुक्त मोस्चराइजर प्रयोग गरी उनी नियमित मुख धुने गर्छिन् । अधिकांश रुपमा उनी घरमै बनाइएका फेसप्याकहरु प्रयोग गर्छिन् ।

मनपर्ने ब्राण्ड

ऐश्वर्याको मनपर्ने कस्मेटिक ब्राण्ड म्याक, लाक्मे, रेभ्लोन तथा मेबिलाइन हुन् ।

फिटनेश रहस्य : नियमित फिल्म खेलेका ताका भने उनी मर्निङ वाक र हल्का शारीरिक अभ्यास गर्थिन् भने योगा पनि गर्थिन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...