बस र सुमो एक-आपसमा ठोकिँदा ६ जना घाइते

Durghatana

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिकामा बिहीबार दिउँसो बस र सुमो एक आपसमा ठोकिँदा ६ जना घाइते भएका छन् ।

मध्यपहाडी लोक मार्गअन्तर्गत जिल्लाको फिक्कल गाउँपालिका-५ झगरे भन्ने ठाउँमा काठमाडौंबाट ओखलढुंगातर्फ जादै गरेको बा. ४ ख. ४४३४ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना. १ .ज. ७०९४ नम्बरको सुमो एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा सुमोमा सवार ६ जना घाइते भएका हुन् ।

दुर्घटनामा परी सोलुखुम्बुको लेले गाउँपालिका-१ का वर्ष ८० की देउ कुमारी खत्री, सोही ठाउँकी वर्ष ३८ की कृष्ण कुमारी खत्री, सोलुखुम्बुकै मुगरी गाउपालिका ३ का वर्ष २२ की धन कुमारी सार्की, सोलुखुम्बुको थोलुङग गाउँपालिका १ का बर्ष ४५ की जाङ्म्मु शेर्पा, जाङ्म्मु शेर्पाकी छोरा वर्ष ३ की साङ्गे शेर्पा र सुमो चालक सिन्धुपाल्चोकको लिसङखु गाउपालिका ५ का वर्ष २४ का राजेन्द्र बानियाँ घाईते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

दुर्घटना परी सोलुखुम्बु लेले गाउँपालिका-१ का देउ कुमारी खत्रीको दायाँ हात भाँचिएको, निधारमा चोट लागी उनको अवस्था गम्भीर रहेकाले उनलाई काठमाडौं रिफर गरिएको छ ।

अन्य सबैको अवस्था सामान्य रहेको र उदयपुरको घुर्मीमा रहेको आस्था लाईफ केयरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक चक्रबहादुर सिंहले बताए ।

दुर्घटनापश्चात बस चालक फरार रहेको र बस र बसका धनी प्रहरी नियन्त्रणमा रहेको उनले बताए ।

सुमो चल्न नसक्ने अवस्थामा रहेकोले घटनास्थलमा साइड लगाई राखिएको र बाटो अवरोध नभएको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...