धनगढीका एक व्यापारीको अपहरण, १५ लाख फिरौती माग

Aparahan

कैलाली । धनगढीका एक व्यापारीको बुधबार राति अपहरण भएको छ ।

आरम्भ फेन्सी स्टोरका सञ्चालक जगतबहादुर सिंहको अपहरण भएको हो ।

उनी बुधबार राति धनगढीबाटै अपहरणमा परेको प्रहरीले जनाएको छ ।

उनका परिवारका सदस्यले सोबारेमा बिहीबार जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन दिएका छन् ।

अपहरणकारीले भारतीय नम्बरबाट फोन गरी सिंहको परिवारसँग १५ लाख रुपैयाँ फिरौती माग गरेको छ ।

अपहरणकारीको पहिचान भएको छैन । उनको अवस्था र अपहरणकारीका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...