ट्याक्टरको ठक्करबाट महिलाको मृत्यु

Mirtu 1

मोरङ । बिहीबार दिउँसो मोरङ विराटनगर महानगरपालिका १२ मा ट्याक्टरको ठक्करबाट एकजना पैदल यात्री महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विराटनगर १६ की ५० वर्षीया ठेकनीदेवी राय रहेकी छन् ।

उनलाई दिउँसो साढे १२ बजे भित्री सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ त ३१५३ नम्बरको ट्याक्टरले विपरित दिशाबाट पैदल आउँदै गरेकी रायलाई ठक्कर दिएको थियो ।

ट्याक्टरको ठक्करबाट गम्भीर घाइते रायलाई उचारको लागि न्यूरो अस्पताल विराटनगर पठाइएकोमा उपचारको क्रममा दिउँसो १२ः४० बजे सोही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

ठक्कर दिने ट्याक्टर र चालक सुनसरी बर्जु गाउँपालिका ३ अमरफाड बस्ने रामा पहाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...