रोल्पामा गापा कार्यालय नजिकै दुईवटा सकेट बम फेला

Boom saket

रोल्पा । बिहीबार रोल्पाको त्रिवेणी गाउँपालिकाको कार्यालय नजिकै दुईवटा सकेट बम फेला परेको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राप्ती बन्द गरेकै दिन जुगारमा रहेको कार्यालयको दक्षिणी पर्खालदेखि २० मिटर टाढा कालो पोलिथिनमा दुईवटा बम फेला परेको प्रहरीले जनाएको छ ।

त्यस क्षेत्रमा प्रहरी पुगेको र बम डिस्पोजका लागि नेपाली सेनासँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले जानकारी दिए ।

मंगलवार राति पर्खालभित्र रहेको गाडी तोडफोड भएको थियो ।

उक्त गाडी तोडफोड गर्ने समूहले नै बम राखेको हुनसक्ने अनुमान गरिएको गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले बताए ।

बम फेला परेपछि जनप्रनिधि र स्थानीय त्रासमा रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...