अज्ञात समूहद्धारा स्काभेटरमा आगजनी, करोडौँको क्षति

Aaglagi scavetar

रोल्पा । अज्ञात समूहले त्रिवेणी गाउँपालिका रोल्पाको स्काभेटरमा आगजनी गरेको छ ।

गए राति गरिएको उक्त आगजनीबाट स्काभेटर पूर्णरुपमा क्षतिग्रस्त भएको बताइएको छ ।

सडक निर्माणका लागि त्रिवेणी गाउँपालिका–२ जप्कामा रहेको उक्त स्काभेटरमा आगजनी भएको हो ।

स्काभेटर आगजनी भएसँगै गाउँपालिकाको करोडौँ मूल्य बराबरको भौतिक सामग्री क्षति हुन पुगेको छ ।

यसअघि गत बुधबार राति सोही गाउँपालिकाको सवारी साधनमा अज्ञात समूहले तोडफोडको प्रयास गरेको थियो ।

गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले प्रयोग गर्दै आएको बा २ झ ३६५२ नं जीपको सिसा फुटेको छ ।

गङ्गादेव गाउँपालिका अध्यक्षले प्रयोग गर्दै आएको भाडाको गाडीमा समेत अज्ञात समूहले आगजनी गरेको थियो ।

आगजनीबाट सो गाउँपालिकाकोे भे १ च २७८५ नंको बोलेरो जीप पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो ।

गाउँपालिका अध्यक्ष वीरबहादुर खत्रीले प्रयोग गर्दै आएको उक्त जीप भाडामा लिएर प्रयोग गरिरहेको गाउँपालिकाले जनाएको छ ।

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक दीपक खड्काले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...