सभापति देउवाद्वारा नेता पुरीको निधनप्रति दुःख व्यक्त

Sher bahadur 4555

काठमाडौँ । नेपाली काङ्ग्रेस पार्टीका पुराना नेता झापा निवासी जीतबहादुर पुरीको निधनप्रति सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाले आज विज्ञप्तिमार्फत केन्द्रीय समितिका तर्फबाट नेता पुरीको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

विसं २०१४ मा काङ्ग्रेसले गरेको भद्र अवज्ञा आन्दोलनका सक्रिय योद्धा तथा विसं २०४६ को परिवर्तनपछि राष्ट्रियसभाको सदस्यसमेत बनेका पुरीले पञ्चायत विरोधी लामो सङ्घर्षमा कारागार र प्रवास बसेर देश र पार्टीका लागि महत्वपूर्ण योगदान गरेका थिए ।

'उनको निधनबाट नेपाली काङ्ग्रेस झापाको अग्रज नेतृत्वको बिदाइ भएको छ नै, मैलेसमेत एक असल अग्रज र मित्रसमेत गुमाएको छु', विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...