बन्द हुन लागेका चिनी उद्योग सञ्चालनमा ल्याउन सरकारसँग सांसद त्रिपाठीको माग

Tripathhhii

काठमाडौँ । लामो समय बन्द रहेर सञ्चालनमा आएका चिनी मिल पनि बन्द हुने सूचना सार्वजनिक भएको भन्दै सांसद हृदयश त्रिपाठीले त्यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा ढ्यापढ्यापे समयमा बोल्दै उनले बन्द हुने सूचना प्रकाशित गरेका चिनी मिलमाथि अबिलम्ब हस्तक्षेप गरी सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका हुन् ।

डेढ महिनापछि सञ्चालन भएका चिनी मिलहरु पुनः बन्द हुने सूचना सार्वजनिक भएको भन्दै उनले ती मिलहरुमाथि हस्तपक्षेप गरी सञ्चालनको व्यवस्था मिलाउन नसके हजारौँ किसानहरु उखु जलाउन बाध्य हुने भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

उनले उखु किसानका लागि सरकारले घोषणा गरेको अनुदानको पैसा किसानको हातमा नपुगेको तर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।

उनले सरकारले सम्बोधन नगरेकाले सांसदहरुले दर्ता गराएका सार्वजनिक महत्वको प्रस्ताव, संकल्प प्रस्ताव, ध्यानाकर्षण प्रस्ताव हरु त्यत्तिकै थन्किएको भन्दै संसदको प्रभावकारितामाथि प्रश्न उठाए ।

उनले कृषि उपजको मूल्य निर्धारण आयोगको गठन गरी त्यसले निष्पक्ष रुपमा कृषि उपजको मूल्य निर्धारण गरेपछि सरकारले समर्थन मूल्य घोषणा गरोस् आफूले संकल्प प्रस्ताव दर्ता गराएको भए पनि सरकारले जवाफ दिन तयार नभएकाले प्रस्ताव त्यसै थन्केर बसेको दाबी गरे । उनले भने, ‘दुःख लागिरहेको छ , आफ्नै सरकारलाई विचरा भन्न परिरहेको छ ।’

उनले अर्को प्रसंगमा रेशम चौधरीलाई न्यायालयले न्याय नगरेको टिप्पणी गरे ।

उनले भने, ‘हाम्रा अदालतले फैसला गर्छन्, न्याय गर्दैनन् भनेर एक जना पूर्व प्रधानन्यायाधीशले आजै मात्रै भनेका थिए । मलाई त्यो कुरा सही लाग्यो । फैसला मात्रै हुने रहेछ । न्याय नहुने रहेछ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...