वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका दुई परिवारलाई कतारमै बोलाएर क्षतिपूर्ति

Katar rajdutabas

काठमाडौँ । कतारमा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका दुई जना नेपालीको परिवारले कतारमै पुगेर क्षतिपूर्ति लिएका छन् ।

सन् २०१४ मा कतारमा मृत्यु भएका धनुषाका शिरण कापर र म्याग्दीका पूर्णबहादुर सार्कीको परिवारले कतारमै पुगेर क्षतिपूर्ति लिएका हुन् ।

क्षतिपूर्तिका लागि कतारमा रहेको नेपाली दूतावासले पहल गरेपछि कतारको आन्तरिक मामिला मन्त्रालयले मृतकको परिवारका सदस्यलाई कतारमै बोलाएको थियो ।

क्षतिपूर्ति लिन शिरणको परिवारका तर्फबाट काकुल्तीदेवी कापर र पूर्णबहादुरको परिवारका तर्फबाट शान्ति सार्कीले कतारमै पुगेर क्षतिपूर्ति लिएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

उनीहरुले जनही २ लाख कतारी रियाल अर्थात झण्डै ६१ लाख ६० हजार रुपैयाँ पाएको दूतावासले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...