मोटरसाइकल दुर्घटनाबाट बँच्न विज्ञको यस्तो सुझाव !

Moter gfdgfg

काठमाडौं । विश्वमा १५ देखि २९ वर्ष उमेर समूहका मानव मृत्युको प्रमुख कारण सडक दुर्घटना हो ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार, सडक दुर्घटना मध्ये ८० प्रतिशत दुर्घटनामा मोटरसाइकल र स्कुटर पर्ने गरेका छन् ।

पछिल्लो एक दशकमा नेपालमा सडक दुर्घटनामा परेर १८ हजार भन्दा बढीको ज्यान गइसकेको छ ।

यो संख्या माओवादी जनयुद्धका बेला दुवै पक्षबाट मारिनेको संख्याभन्दा धेरै हो ।

सवारी दुर्घटना टाउको दुखाइको विषय बनिरहेका बेला यसलाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालाहरूले विभिन्न सुझाव दिएका छन् ।

राजधानीमा आयोजित एक अन्तरक्रियामा दुर्घटनाको सुरक्षाबारे विज्ञहरुले विभिन्न उपाय सुझाए ।

अन्तरक्रियामा हेल्मेटको गुणस्तर चिह्नबारे गुणस्तर तथा नापतौल विभागका निर्देशक मणिराम भुसाल, टाउकोको सुरक्षा र उपचार सन्दर्भमा अर्थोपेडिक सर्जन डा. मुक्ति तिमल्सिना विभिन्न उपायहरु बताएका थिए ।

सडक सुरक्षाबारे आयोजक नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा)का ट्रान्सपोर्ट कोअर्डिनेटर आशिष गजुरेलले सुझाव प्रस्तुत गरे ।

सवारी सञ्चालनका क्रममा सडकमा मात्रै ध्यान केन्द्रित गर्ने र मोबाइल फोन प्रयोग नगर्ने हो भने पनि दुर्घटनाको दर कम हुने विज्ञहरुको भनाइ छ ।

त्यस्तै , मादक पदार्थ सेवन र निर्माण कार्य भइरहेको स्थानमा सवारी चलाउँदा दुर्घटना बढेकाले त्यसलाई रोक्नुपर्ने उनीहरुको मत छ ।

यस्तै, निश्चित गतिमा हाँक्ने, सडक अनुशासन पालना गर्ने, आक्रामक चालकको वास्ता नगर्ने, मोटरसाइकलको क्षमता कम्पनीले तोकेको भन्दा बढी नबनाउने, गुणस्तरीय हेल्मेट लगाउने र तनावमा परेर हाँक्न नहुने जस्ता उपाय अपनाउन सकिने उनीहरूको सुझाव छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...