सुन र चाँदीका भाँडासहित २ जना पक्राउ

Pakrau 12

कैलाली । अवैध सुन र चाँदीका सरसामानसहित दुईजनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।

लम्की चुहा नगरपालिका-३ चिसापानी प्रहरी चेक पोष्टमा सवारी जाँचका क्रममा २ किलो २३२ ग्राम सुनसहित धनगढी उपमहानगरपालिका-१ का ४५ वर्षीय रमेशकुमार सैजु र कैलारी गाउँपालिका-५ की २५ वर्षीय सीताकुमारी चौधरीलाई कारमा आइरहेको अवस्थामा प्रकाउ गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले उनीहरुको साथबाट बा१च ७४१३ नम्बरको कारसहित चाँदीको करुवा १० वटा, चाँदीकै बडर भएको काठको फ्रेम ४३, टिकादानी १२, चाँदीको सतपाला ७, चाँदीको आचमनी र पञ्चपाक ३२र३२ थान, १८ वटा नगसहितको औठी र तीन थान मोवाइल बरामद गरेको छ ।

पक्राउ परेका दुबैजनालाई बरामद सामानसहित थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान विभाग मध्य तथा सुदूरपश्चिमाञ्चल कार्यालय कोहलपुर पठाइने प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...