प्रधानमन्त्री चढेको जहाज होल्ड भएको विषयमा ४ सदस्यीय छानविन समिति

Aairplane

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चढेको जहाज होल्ड भएको विषयमा छानविन समिति गठन भएको छ ।

जहाज होल्ड भएको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन समिति गठन गरेको छ । बिहीबार मन्त्रालयले सहसचिवस्तरीय छानबिन समिति गठन गरेको हो ।

४ सदस्यीय छानबिन समितिको संयोजकमा मन्त्रालयका सहसचिव सुरेश आचार्य रहेका छन् ।

अन्य सदस्यहरुमा मन्त्रालयको कानुन महाशाखाका उपसचिव सूर्यवंश शर्मा कँडेल, उपसचिव प्रकाश शर्मा ढकाल र नागरिक उड्डयन प्राधिकरणकी निर्देशक नबिना कर्माचार्य रहेका छन् । कर्माचार्यलाई समितिको सदस्य सचिव बनाइएको छ ।

गत फागुन २१ गते मंगलबार प्रधानमन्त्री ओली झापाबाट काठमाडौं आउँदै गर्दा त्रिभुवन विमानस्थलमा जहाजको चाप रहेको भन्दै काठमाडौं एटिसीले २० मिनेट जहाज होल्ड गरेको थियो ।

भीभीआइपी फ्लाइट भएको बेला अन्य उडानहरु क्लियर गरेर भीभीआइपी उडानलाई अवतरण गर्न दिने चलन छ ।

यति एयरलाइन्सको एटिआरजहाज होल्ड भएको थियो ।

तर प्रधानमन्त्री ओली नै चढेको जहाज २० मिनेट होल्डमा बसेपछि कारण पत्ता लगाउन छानबिन समिति बनाइएको मन्त्रालय स्रोतले जनाएको छ ।

समितिले ७ दिन भित्र प्रतिवेदन दिने बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...