निर्मला हत्या प्रकरण : ६ प्रहरी कर्मचारीविरुद्ध मुद्धा दायर

Nirmala

कञ्चनपुर । जिल्ला अदालत कैलालीमा निर्मला पन्तको घटनामा प्रमाण मेटाएको आरोपमा ६ प्रहरी कर्मचारीविरुद्ध मुद्धा दायर भएको छ ।

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनामा यातना दिएको र प्रमाण नष्ट गरेको आरोपमा प्रहरी कर्मचारीविरुद्ध मुद्दा दायर भएको हो । मुद्दा दायरसँगै अदालतमा उपस्थित भएका ६ जनालाई प्रहरी हिरासतमा राखिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार मुद्दा जिल्ला अदालतमा पेश गरेपछि आरोपितहरुलाई उपस्थित गराएर हिरासतमा राखिएको कञ्चनपुर जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले बताए ।

उनका अनुसार मुद्दा दायर भएसँगै अदालतमा उपस्थित भएका ६ जनालाई प्रहरी हिरासतमा राखिएको छ । ’आजदेखि थुनछेक बहस सुरु हुन्छ,’ उनले भने, ’त्यतिबेलासम्म सबै प्रहरी हिरासतमै हुन्छन् ।’

उनका अनुसार यातना र प्रमाण मेटाउने आरोप लागेका तत्कालीन एसपी डिल्लीराज बिष्ट र निलम्बित डिएसपी अंगुर जिसी अदालतमा उपस्थित भएनन् ।

यातना दिएको आरोपमा बिष्टसँगै निलम्बित डिएसपीद्वय अंगुर जिसी र ज्ञानबहादुर सेठी तथा प्रहरी निरीक्षक एकिन्द्र खड्काविरुद्ध मुद्दा दर्ता भएको थियो । प्रमाण मेटाएको आरोपमा यातनामा जोडिएका ४ सहित थप ४ जनाविरुद्ध मुद्दा दर्ता भएको हो ।

निलम्बित डिएसपी सेठी, प्रहरी निरीक्षकबाट बर्खास्त गरिएका जगदीश भट्ट, निलम्बित प्रहरी निरीक्षक एकिन्द्र खड्का, सई रामसिंह धामी, सई हरिसिंह धामी र प्रहरी जवान चाँदनी साउद अदालतमा उपस्थित भएका हुन् । उनीहरुलाई प्रहरी हिरासतमा राखिएको छ ।

पुस ३ गते तत्कालीन एसपी बिष्टसहित ४ जनाका नाममा यातना कसुर र ४ जनाका नाममा प्रमाण नष्ट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो ।

निर्मला घटनाको मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरिएका दिलिप बिष्टका दाजु खडकले यातना कसुर र निर्मलाकी आमा दुर्गाले प्रमाण नष्ट गरेको भन्दै जाहेरी दिएकी थिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...