सर्च अपरेसनमा प्रहरीमाथि ढुंगामुडा, २ प्रहरी जवान घाइते

Policeeeee

तौलिहवा । नेत्र विक्रम चन्द ’विप्लव’ को घर समेत रहेको शिवगढीमा प्रहरीले सर्च अपरेसन गरेपछि स्थानीय र प्रहरीबीच तनाव सिर्जना भएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका-९ शिवगढीमा प्रहरी र स्थानीयबीच तनाव सिर्जना भएको छ ।

प्रहरीको विशेष टोलीले बिहीबार बिहान यादव चन्दको घरमा शर्च अपरेसन गरेको थियो । यादव चन्द विप्लवका भतिजा हुन् । सर्च अपरेसनपछि चन्दको घरमा केही हतियार भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले सर्च अपरेशन गर्दै गर्दा स्थानीयबासी प्रतिकारमा उत्रिदा दुईजना प्रहरी सामान्य घाइते भएका छन् ।

स्थानीयबासीले प्रहरीलाई ढुङ्गा प्रहार गर्दा प्रहरी जवान अमर वली र पुतली चौधरी सामान्य घाइते भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले जानकारी दिए ।

विशेष सुराकीको आधारमा प्रहरीले चन्दको घरमा अपरेशन गरेको हो । प्रहरीले आफ्नो काम शान्तिपूर्वक रुपमा गरिरहँदा एक्कासीले विद्यार्थी र स्थानीयले प्रहरीमाथि ढुंगा प्रहार गरेको प्रहरी निरीक्षक उपाध्यायले बताए ।

एकोहोरो ढुङ्गा प्रहार भैरहँदा प्रहरीले निकै संवेदनशीलता अपनाएका कारण ठूलो घटना हुनबाट बचेको उनको दाबी छ ।

’घटनास्थलमा विद्यार्थीको बाक्लो उपस्थिति थियो, उनले भने, ’हामीले प्रतिकार गर्दा विद्यार्थीको मानसिकतामा असर पर्ला भनेर संवेदनशीलता अपनायौं । जसले गर्दा ठूलो दुर्घटना हुन पाएन ।’

शिवगढी दाङ जिल्लासँग जोडिएको स्थान हो । यहाँ विप्लवका परिवारको बसोबास रहँदै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...