विप्लवको राप्ती बन्दले जनजीवन कष्ठकर, ट्रक र जीपमा तोडफोड

Rapti bandaaa

दाङ । नेकपाको राप्ती व्युरोले बिहीबार गरेको बन्दका कारण दाङसहित पहाडी जिल्लाको जनजीवन कष्ठकर बनेको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको बन्दका कारण दाङसहित ४ जिल्लाको जनजीवन प्रभावित भएको हो ।

बन्दका कारण, शैक्षिक संस्था, उद्योग कलकारखाना, व्यापार, व्यवसाय र यातायात पूर्णरुपमा बन्द छन् ।लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधन संचालनमा नआउँदा सर्वसाधारण समस्यामा परेका छन् ।

गन्तव्यमा हिँडेका यात्रुहरु बाटोमै अलपत्र परेका छन् । सम्भावित घटना हुन नदिन बिहानैदेखि दाङका विभिन्न सडक, चोकमा बाक्लो रुपमा प्रहरी परिचालन गरिएको छ ।

राप्तीका पहाडी जिल्ला सल्यान, रोल्पा, रुकुम, र प्युठानमा पनि बन्दको प्रभाव परेको छ।दाङको तुलसीपुरमा कार्यक्रम स्थलबाटै पक्राउ परेका पार्टीका सदस्य प्रदीप वली, ईश्वरी पाण्डे र रुद्ध वलीको विनासर्त रिहाइको माग गर्दै बन्दको आह्वान गरिएको नेकपाले जनाएको छ । बन्द बेलुका ६ बजेसम्म गरिने बताइएको छ ।

यसैबीच बन्दको अवज्ञा गरेको भन्दै सल्यानको त्रिवेणी गाउँपालिका-५ सल्यखोलामा ट्रक र जीपमा तोडफोड भएको सल्यान प्रहरीले जनाएको छ ।

सल्यान श्रीनगरबाट दाङ जाँदै गरेको ना ४ ख ६३३८ ट्रक र लु २ च २७२५ नम्बरको बलेरो जीपमा त्रिवेणी ५ सल्लेखोला खोलामा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गिरीराज भण्डारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...