नयाँ गीत बलिदान, फिल्मी शैली, सुटिङमा हेलिकोप्टरको प्रयोग

27680323balidan

काठमाडौं । केहि बर्ष अघि लोकदोहोरी गीत भनेपछि धेरैले नाक उचाल्ने गर्थे । त्यति मात्र होइन लोकदोहोरीकै कलाकाहरुले भन्ने गर्थे कि हामीलाई लोके भनेर हेप्छन । तर समय त्यस्तो रहेन । पछिल्लो समय आएका केहि लोकदोहोरी गीतहरुले चलचित्रमा मै हु भन्ने नायिकालाई जागिर मात्र दिएको छैन सबैको ध्यान समेत तानेको छ ।

एक लाख पनि लगानी गर्दैन लोकदोहोरीमा भन्नेहरुले पाँच लाख भन्दा धेरै लगानी भएको देखेर अहिले जिव्र काडिरहेका छन । त्यति मात्र होइन गायिकालेनै १ लाख पारिश्रमीक लिन थाले पछि अहिले अन्य विधाका गीत गाउने गाइकाहरु र प्रशंसकहरु समेत लोकदोहोरीलाई सम्मानका शब्द खर्चिन थालेका छन ।

यस्तै पछिल्लो समय एउटा लोकदोहोरीको म्युजिक भिडियोमा निमार्णमा हेलिकोप्टर प्रयोग भएको छ । गणेश अधिकारी,समिर विष्णु खत्रीको प्रस्तुती रहेको बलिदान बोलको सो गीतमा चर्चित मोडलहरु सारिका केसी र विमल अधिकारीका सथौ ओवी रायमाझीले अभिनय गरेको सो गीतमा प्रभु हेलिकोप्टर प्रयोग गरिएको छ भने गीतलाई कपिल लामाले निर्देशन गरेका छन ।

सामान्य रुपमा अनुमान लगाउने हो भने पनि यो गीतमा पाँच लाखको हाराहारीमा लगानी भएको अनुमान गर्न सकिन्छ । जुन मोटो रकम हो । एकाएक चर्चामा आएका गायक गणेश अधिकारीे र विष्णु माझीको आवाज रहेको सो गीतलाई योग्सना डिजिटलले बजार ब्यवस्थापन गर्ने छ ।

गीतको पुरै म्युजिक भिडियो केहि दिनमा सार्वजनिक गर्ने तयारीमा निमार्ण युनिट रहेको छ । गीतको सम्पुर्ण काम राम्रो भएको बताउदै गायक गणेश अधिकारीले गीतले सबैको मन जित्नेमा आफुहरु आशावादी रहेको बताए । गीतले माया प्रेमलाई विषयबस्तु बनाएको छ भने गीतलाई गणेश अधिकारीले सिर्जना गरेका हुन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...