जोन अब्राहमको रोमियो, अकबर, वाल्टर छिट्टै रिलिज हुने

Jon

काठमाडौं । बलिउड अभिनेता जोन अब्राहम अभिनित फिल्म ‘र’ (रोमियो, अकबर, वाल्टर) छिट्टै रिलिज हुने भएको छ।

यो फिल्म जासुसीको वास्तविक कथामा निर्माण भएको भारतीय सञ्चारमाध्यमले बताएका छन्। यो फिल्म भारत–पाकिस्तान युद्धमा आधारित छ।

फिल्मको कहानी ७० को दशकतिर भएको एउटा युद्धको घटनामा आधारित रहेको बताइएको छ। यो फिल्मको सुटिङ नेपाल र भारतको गुलमर्ग र श्रीनगरमा भएको थियो।

नेपालको कुन ठाँउमा सुटिङ भएको भन्ने खुलाइएको छैन। फिल्ममा जोनका साथै मौनी राय, जेकी श्राफ, सिकन्दर खेर र सुचित्रा कृष्णमूर्तीको मुख्य भूमिका रहेको छ।

अभिनेत्री सुचित्रा करिब १० वर्षपछि फिल्ममा फर्केकी हुन्। सुचित्राले अन्तिम पटक अमिताभ बच्चनसँग ‘रण’ फिल्ममा अभिनय गरेकी थिइन्।

जेकी श्राफ फिल्म 'र' को प्रमुखका रुपमा देखापर्ने छन्। सिकन्दर खेर भने पुलिसको भूमिकामा देखिनेछन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...