आफ्नो मान्छेको 'चट्ट रुमाल' अब यात्रामा सुन्न सकिने

Ph4a7059

काठमाडौं । पुरानो फिल्म ‘आफ्नो मान्छे’ को सुपरहिट गीत ‘चट्ट रुमाल’को रिमेक गरिएको छ । यो गीतलाई दर्शकले सलिनमान बनियाँ अभिनित फिल्म ‘यात्रा’ मा नयाँ भर्जनमा हेर्न पाउने भएका छन् ।

‘आफ्नो मान्छे’ मा श्रीकृष्ण श्रेष्ठ र निरुता सिंह, विपना थापा, दिलिप रायमाझी लगायतका कलाकारको अभिनय थियो । चैत २९ गतेदेखि रिलिज हुने यो फिल्मका केही तस्वीर सार्वजनिक गर्दै निर्माण टिमले गीत नयाँ स्वादमा पस्किन लागेको बताएको हो ।

गीतमा बाबुराम दाहालको शब्द रहेको यो गीतमा सम्भुजित बाँस्कोटाको संगीत छ । यस्तै ओर्जिनल गीतमा संगीतकार बाँस्कोटा र साधना सरगमको स्वर छ ।

 

नयाँ गीतमा भने धर्मेन्द्र सेवान र मेलिना राईको आवाज सुन्न सकिने निर्माण टिमले बतायो । गीतमा राजन इशानको रिएरेन्ज रहनेछ ।

सलिनमान बनियाँ सलोन बस्नेत, जाह्नवी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, विशाल पहाडी, प्रज्वल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतले अभिनय गरेको यो फिल्ममा सम्राट शाक्यको निर्देशन छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...