रहेनन् पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी, प्रेस बिज्ञप्तीसहित

Vrt

काठमाडौं, फागुन १८ । पूर्वउपप्रधान तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ। शनिबार राति ९: ३५ मा अधिकारीको निधन भएको ह्याम्स अस्पताल डेन्टल विभागका निर्देशक दिलिप थापाले जानकारी दिएका छन्।

गत माघ २४ गते ह्याम्स अस्पताल भर्ना भएका अधिकारीको विगत १६ दिनदेखि भेन्टिलेटरमा राखी उपचार हुँदै आएको थियो।

तीन दिनदेखि अधिकारीले परिवारका सदस्यहरुले बोलाउदा समेत प्रतिक्रिया जनाउन छाडेका थिए।

शनिबार दिउँसो अस्पताल परिसरमा पत्रकार सम्मेलन गरी अस्पतालले अधिकारीलाई बचाउन सक्ने संभावना न्यून रहेको जानकारी दिएको थियो।

शनिबारै अधिकारीको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, नेता वामदेव र सभामुख कृष्णबहादुर महरालगायत अस्पताल पुगेका छन्।

लामो समयदेखि छातीको संक्रमणबाट पीडित उनलाई अस्पताल भर्ना गर्ने र डिस्चार्ज गर्ने क्रम पटक-पटक दोहोरिएको थियो।

गत पुस २३ देखि अस्वस्थ भएका अधिकारीलाई सुरुमा मेडिसिटी अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो। त्यसपछि फेरि उनलाई धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना गरिएको थियो।

चारपटक अर्थमन्त्री समेत रहेका अधिकारीले एकपटक यातायात तथा निर्माणमन्त्रीको जिम्मेवारी समेत पूरा गरेका थिए। यसैगरी, चारै पटक सांसद भएका अधिकारी संसदीय दलको उपनेता, प्रमुख सचेतक, पार्टीको आर्थिक, उद्योग, संसदीय, अनुगमनजस्ता विभाग प्रमुख जिम्मेवारी बहन गरेका थिए।

अधिकारी अर्थमन्त्री हुँदा ल्याइएका कार्यक्रम वृद्धभत्ता र ‘आफ्नो गाउँ, आफैँ बनाऔँ’ अभियान निकै लोकप्रिय बनेका कार्यक्रम हुन्।

८३ वर्षीय अधिकारी विगत एक वर्षयता पटकपटक अस्पताल भर्ना हुने र डिस्चार्ज हुँदै आएका थिए। अधिकारीका श्रीमती, २ छोरी र एक छोरा छन्।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...