रवीन्द्र अधिकारीको क्षेत्रमा चुनाव लड्दिन, गलत प्रचार गरियो: वामदेव गौतम

Bamdeb

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सचिवालय सदस्य वामदेव गौतमले आफूविरुद्ध फेरि गलत प्रचार गर्न थालिएको बताएका छन् ।

हेलिकप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रबाट चुलाव लड्ने तयारी गरेको भन्दै आफूविरुद्ध प्रचार सुरु भएको गौतमको गुनासो छ ।

फेसबुकमा एक स्टाटस लेख्दै नेता गौतमले रवीन्द्र अधिकारीको निधनबाट ठूलो धक्का महसुस गरी श्रद्धाञ्जली दिन पोखरा पुगेको घटनालाई उनको निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने आश राखेको आरोप लगाएको उल्लेख गरेका छन् ।

यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षड्यन्त्रमूलक विचार राखेर शुरुगरिएको कुप्रचार मात्र हो–नेता गौतमले भनेका छन् ।

उनले आफुले मृत्यु शोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पूरा गर्ने विचारलाई आफूले कहिल्यै मान्यता नदिएको भन्दै जीवनभर पनि नदिने स्पष्ट पारेका छन् भने मेरो इच्छाविपरित पार्टीले निर्णय गरेछ भने पनि म रविन्द्रको दुखद निधनवाट खाली भएको निर्वाचन क्षेत्रमा उमेदवार वन्ने छैन ।

'मेरो सम्पूर्ण प्रयत्न स्व.रवीन्द्रको परिवारका सदस्यलाई नै उम्मेदवार वनाउन लगाउने छु',वामदेवले आफ्नो फेसबुक स्टाटसमा उल्लेख गरेका छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...