दार्चुला जीप दुर्घटनामा मुत्यु भएका ११ मध्ये ९ जनाको पहिचान खुल्यो, नामसहित

Ddddyyy

काठमाडौं । दार्चुला–तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । ज्यान गुमाउने ११ जनामध्ये ९ जनाको सनाखत भएको छ । २ जनाको भने बाँकी छ । हिकिलातर्फ जाँदै गरेको म १ ज २८० नम्बरको जीप राताकाठा भन्ने स्थानमा दुर्घटना हुँदा ११ जनाको मृत्यु हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाले दिएको जानकारी अनुसार, दोगडा गाउँपालिका–२, वैतडीका पदमबहादुर चन्द र सोही स्थानका स्नेहबहादुर चन्दको मृत्यु भएको भएको खुलेको छ । त्यस्तै, कल्याण सिंह वडाल, निर्मला बडाल र पसलीदेवी धामीको पनि दुर्घटनामा परी ज्यान गएको छ । उनीहरु तीनै जना दुहु–२, हिकिलाका हुन् ।

प्रहरीका अनुसार, दुहु– ४ कि आशा बम, दुहु १ का धनबहादुर बम गोमतीदेवी बम र धानादेवी बमको पनि निधन भएको छ ।
दुर्घटनामा ज्यान गुमाएका २ जनाको भने अझै सनाखत हुन सकेको छैन ।

दुर्घटनामा जीप चालक दीपक सिंह धामी घाइते छन् । उनको अवस्था गम्भीर छ । उनलाई जिल्लामा उपचार हुन नसकेपछि भारतको पिथौरागढ रिफर गरिएको प्रहरीले जनाएको छ ।

जीप सडकबाट करिब तीन सय मिटर तल महाकाली नदी किनारमा खसेको छ ।

घटनास्थल एकदमै भिरालो रहेको र राति पनि भएकाले सुरक्षाकर्मीहरुलाई उद्धारमा कठिनाइ भएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...