दार्चुला जिप दुर्घटना: अपडेट मृत्यु हुनेको संख्या ११ पुग्यो,सबैको शव निकालियो

Darchula

दार्चुला । दार्चुला–तिङ्कर सडकखण्डको राताकाठामा शुक्रबार बेलुका जिप दुर्घटना हुँदा ज्यान गुमाएका सबै ११ जनाको शव घटनास्थलबाट निकालिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

राति साढे १२ बजेसम्ममा सबै ११ जनाको शव निकालेर जिल्ला अस्पताल दार्चुला ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमिक्त प्रमुख रविन्द्र कठायतले जानकारी दिए ।

घटनास्थल जोखिमपूर्ण रहेको र अँध्यारोमा शव निकाल्न अफ्ठेरो भएको बताउदै जीवित कोही छन् कि भनेर राति नै भीरबाट तल गएर शव निकालेको उनको भनाई छ ।

दुर्घटनामा गम्भीर घाइते भएका चालकलाई थप उपचारका लागि भारत पठाइएकाले उनको अवस्था थाहा हुन नसकेको प्रहरी निरीक्षक कठायतले बताएका छन् ।

जिल्ला सदरमुकाम खलंगाबाट हिकिलाका लागि छुटेको म १ ज २८० नम्बरको जिप दुहु गाउँपालिका–३ राताकाठामा भीरबाट खसेर शुक्रबार बेलुका दुर्घटना भएको हो । चालक दीपकसिंह धामी गम्भीर घाइते छन् ।

भीरबाट शव निकालिएका मध्ये सातजना महिला र तीन पुरुष रहेको प्रहरी निरीक्षक कठायतले बताए । यस्तै एक नाबालक रहेका छन् । सबैको शव जिल्ला अस्पतालमा राखिएको तर कसैको पनि सनाखत नभएको उनले बताए ।

बिहीबार बिहान आफूहरु फेरि घटनास्थल जान लागेको उनले जानकारी दिएका छन् । दुर्घटनास्थलमा अरु कोही भए–नभएको हेर्नका लागि जान लागेको प्रहरी निरीक्षक कठायतले बताए।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...