दार्चुलामा जिप दुर्घटना, तीन पुरुष, चार महिला र एक बच्चासहित १० को मृत्यु

Durghatana

काठमाडौं । दार्चुलाको राताकाठामा शुक्रबार जिप दुर्घटना हुँदा १० यात्रुको मृत्यु भएको छ। २८० नम्बरको जिप दुर्घटनामा चालक दीपक धामी गम्भीर घाइते छन्। दार्चुला तिङ्कर सडकखण्डको राताकाठामा शुक्रबार राति ८ बजेतिर जिप दुर्घटना भएको हो। दुहु गाउँपालिका ३ राताकाठामा दार्चुलाबाट हिकिला गइरहेको जिप दुर्घटना भएको हो। 

जिल्ला प्रहरी कार्यालय दार्चुला र सीमा सुरक्षा गुल्म दार्चुलाको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। घटनास्थलबाट जिप चालक दीपकसिंह धामीलाई उद्धार गरी जिल्ला अस्पताल दार्चुला ल्यइएको छ। घटनास्थलमा १० शव भेटिएको सशस्त्र प्रहरी बल नेपाल ५० नम्बर गुल्म दार्चुलाका  गुल्मपती भिमबहादुर चन्दले जानकारी दिए। 

जिपमा १४ जना सवार रहेको प्रहरीको भनाइ छ। जिप सडकबाट करिब ५ सय मिटर तल महाकाली नदी किनारमा खसेको छ। रातको समय भएकाले उद्धारमा कठिनाइ भएको प्रहरीको भनाइ छ। चालकबाहेक अन्य यात्रुको बाँच्ने अवस्था नदेखिएको प्रहरीको भनाइ छ।

तीन दिनअघि सोही क्षेत्रमा पहिरोमा परी एक जनाएको मृत्यु भएको थियो भने पाँचजना घाइते भएका थिए। घटनास्थल दार्चुला जिल्ला सदरमुकाम खलंगाबाट आठ किलोमिटर दूरीमा पर्छ।  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...