प्रतिनिधिसभाबाट अधिकारीप्रति शोक प्रस्ताव पारित

Samsad

काठमाडौँ । प्रतिनिधिसभा सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनप्रति प्रतिनिधिसभाले शोक प्रस्ताव पारित गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले एक मिनेट मौन धारण गर्दै अधिकारीप्रति शोक प्रस्ताव पारित गरेको हो ।

संसदले पारित गरेको प्रस्तावमा भनिएको छ, ‘ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० मा पर्ने सिस्नेभिरमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी मन्त्री अधिकारीको ४९ वर्षको उमेरमा फागुन १५ गते बुधबारका दिन असामयिक निधन भएकामा प्रतिनिधिसभाको यो बैठक गहिरो शोक प्रकट गर्दछ ।’

बैठकले उनको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । उनी २०६४ र २०७० को संविधानसभा र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कास्कीको निर्वाचन क्षेत्र नं– २ बाट निर्वाचित भएका थिए ।

नेकपाका केन्द्रीय सदस्य, व्यवस्थापिका–संसद्को विकास समितिका पूर्व सभापति, लोकतान्त्रिक आन्दोलन योद्धा एवं मिलनसार युवा नेताका रुपमा परिचित थिए । हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सात जनाको निधन भएको थियो । उनको आजै गृह जिल्लामा अन्तिम संस्कार गरिँदैछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...